१४ बैशाख २०८१, शुक्रबार

रानू मण्डललाई ५५ लाखको फ्ल्याट दिएको कुरा झुटो


एजेन्सी, रानू मण्डल आज सोसल मिडियाको सेन्सेशन बनिसकेकी छिन् । रानूको आवाजको जादु यतिमा मात्रै सिमित भएन उनलाई बलिउडका संगीत निर्देशक हिमेश रेशमियाले बिलउडमा डेब्यूको मौका पनि दिए । रानूले हिमेशको फिल्मको एउटा मात्रै नभई दुई दुईवटा गीत गाइसकेकी छिन् ।

केही मिडिया रिपोर्टले सलमानले रानू मण्डललाई ५५ लाखको फ्ल्याट उपहारस्वरुप दिएको दाबी गरिरहेका छन् ।

यी खबरको कुनै आधार नभएको भारतीय मिडियाले दाबी गरिरहेका छन् । तर हालै प्रकाशित विभिन्न रिपोर्टले यो खबरलाई झुटो बताइरहेका छन् ।

यस्तै, रानूले १५ लाखको कार खरिद गरेको पनि चर्चा थियो । साथै, रानूले बिग बसको अफर पनि पाएको खबर सुन्नमा आएको थियो । यी खबर पनि झुटो भएको विभिन्न रिपोर्टले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !