१५ बैशाख २०८१, शनिबार

कविता – स्थानीय तहको अधिकार


सरोज मरासिनी

बहत्तर सालमा बन्यो, नयाँ संविधान
आधार यो स्थानीय तह, राज्य सञ्चालन ।

अनुसूची आठका बाइस बुँदा सार
स्थानीय तहका हुन यी अधिकार ।

प्रहरी, सहकारी, एफ.एम. संचालन
स्थानीय सेवाको सहि व्यवस्थापन ।

सम्पत्ति, घर जग्गा सवारीमा कर
देश चल्छ हाम्रै करले शंका नगर ।

सेवा शुल्क, पर्यटन, कर मनोरञ्जन
जरिवाना, भूमि, मालपोत, तिरो भनि दिन्छन् ।

बिज्ञापन र व्यवसायमा अलिकति दिऔ
करसँगै समृद्धिको फाइदा पनि लिऔ ।

तथ्यांक संकलन र विकास आयोजना
स्वास्थ्य, सरसफाई र शिक्षा योजना ।

वातावरण संरक्षण र बजार व्यवस्थापन
विविध सभा, अदालत मध्यस्थता हुन्छन् ।

अभिलेख व्यवस्थापन, जग्गा धनी पुर्जा
खानेपानी जलविद्युत् वैकल्पिक ऊर्जा ।

कृषि, पशु, सहकारी व्यवस्थापन गर्दै
बेरोजगारीको तथ्यांक त्यतैबाट भर्दै ।

जलाधार, वन्यजन्तु खनिजको निकास
विपद्को व्यवस्थापन, संस्कृतिको विकास ।

बृद्धबृद्धा अपाङ्ग र अशक्तको हितमा
स्थानीय अधिकार छन सबै यसै गीतमा ।।

*सरोज मरासिनी साहित्यकार हुन् ।

यो पनि पढ्नुहोस् 

कथा – अमेरिका यात्रा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !