१४ बैशाख २०८१, शुक्रबार

एक दिन यो शहर मुर्दाहरुको शहर हुनेछ


bharat bhandari

एक दिन यो शहर
मुर्दाहरुको शहर हुनेछ,
केबल मुर्दा हरु,

बिना कात्रो भुइँमा लडेका,
आगोले आदी डडेका,
ङीच्च दाँत देखाएर,
आधा हाँसेका जस्ता,
अलिकती बाँचेका जस्ता,
त्यो बेजोडका मुर्दाहरु शहर भरी हुनेछन्।

त्यो मुर्दै मुर्दाको भिडबाट
मुर्दाको एक नाइके
बेतोडले कराउनेछ, चिच्याउनेछ
अनी सबै मुर्दाहरु
खित्का छोडेर हाँस्नेछन्,
त्यो अट्टाहाँसो गुन्जीनेछ शहरभरि,
त्यो महा शक्ती बनेर।

त्यसै दिन्, हो ! त्यसै दिन,
यौटा नब युग सुरु हुनेछ,
मुर्दाहरुको,
त्यो अचल मृत शरिर,
आधी डडीसकेको,
पुरै मरिसकेको
तर,
शिर्फ तर,
एक आवाज जिबित हुनेछ मुर्दाहरुको
र केवल राज गर्ने छन् ति आवाज हरुले।

त्यो मुर्दाको शहरमा कोही कसैको हुनेछैन,
कोही मुर्दाको पार्टी हुने छैन,
कोही मुर्दा बाज्ने छैनन् ,
मुर्दा मुर्दामा लडाइँ हुने छैन,
ती मुर्दाहरु केवल पुन जिवित हुने आशामा
आवाज दिइरहनेछन् ,
खित्का छोडीरहने छन्
र मुर्दाहरुले धिक्कार्ने छन्
त्यो बिगत लाइ,
प्रायश्चीत्त गर्नेछन् र भन्ने छन् ,
“हे भगवान !
हामिलाइ एक पटक,
शिर्फ एक पटक बाँच्न देउ,
बाँचेर मर्दा कस्तो हुन्छ त्यो थाहा छ,
तर मरेर बाँच्दा कस्तो हुन्छ त्यो सिकाउनु छ नयाँ भविश्यलाइ”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !