१५ बैशाख २०८१, शनिबार

आउ हामी पनि तीज मनाऔँ !!


bharat-bhandari

पल्लो घरमा पनि छम्म, ओल्लो घरमा पनि छम्म,
दाँयाँ बाँयाँ सबैतिर कस्तो रम्मझम्म,
त्यता लोक गीत्,उता दोहोरि, तलतिर हिन्दी, माथितिर अङ्ग्रेजी
क्या गज्जब रछ दोस्त,
राता राता सारी लगाका, पहेँलपुर गहना, कस्ता ठम ठम परेका,
चौबिसै घन्टा गाना अनि नाच, साउन महिना देखी दिनदिनै दर, हैन के उल्का गरेका?

बिदा पनि महिलालाइ मात्र भन्थे, हाम्लाई पनि बिदा भो,
उनिहेरु नाच्या देखेर यो मन पनि फिदा भो,
कम्मर फनक्कै भाँचेका हैन के सारो हो ?
अबता मन थाम्न नै पो गाह्रो भो,
आउ तिमिहामी मिलौँ, साथिहरुलाइ पनि भनौँ
जे पर्ला पर्ला यसपाला हामिपनी तीज मनाऔ । ।

दशैँ, तिहार अनि अरु चाड पर्व त तोकिएकै समयमा मनाइन्छ,
जतिखेर जे चाहिनेहो तेतिखेर तेही बनाइन्छ,
पिङ्ग दशै तिहार मा मात्र हालिन्छ,
शिवधुनी पनि शिवरात्री कै दिन बालिन्छ,
रङ्ग पनि होलिकै दिन खेलिन्छ,
साउन पन्ध्र मा खिर अनि असार पन्ध्रमा दहिचिउरा ठेलिन्छ,
तवन चाड पर्वको महत्व हुन्थ्यो,
चाड बाड आएसी खुसिले मन छुन्थ्यो ।

यो तीज पनि फुटबल गेम जस्तै,
धेरै राउण्ड पार गरेपछि, क्वाटर फाइनल्,
सेमी फाइनल्, अनि बल्ल फाइनल्, क्या दुरुस्तै!!

लौ त साथिहरु, हामी मिलौँ र सिधै फाइनल खेलौँ,
सके ब्रेक डाँन्स नसके ठुलो म्युजिकले पेलौँ,
जे पर्ला पर्ला यसपालिको माहोल अल्ली गरम बनाऔँ,
हामी पनि एसपाली तीज मनाऔँ । ।

अबता तीजमा दरसँगै दारु पनि सुरु भएछ,
पुराना लोकगीत र मादल खै कता गएछ ?
अबता सुन्नै नसकिने गीत र हेर्नै नसकिने नाच को हावी भएछ,

हिन्दी र अङ्ग्रेजी गीतमा नाच्ने भए आउ साथी हो,
टुटेफुटेका दुई चार गीत गाउ साथिहो,
अब उनिहरुलेनै दारु सुरु गरेपछी हामी चाहिँ के कम ,
लौ त भरे जम्का भेट हौँ, तिमिहरु ह्विस्की भर म वाइन भरौँला,

दुबै मिसाई कक्टेल बनाउँ,
यसपाला निकै रमाइलो गरौँ, आउ साथिहो तीज मनाऔँ ।

राम्रा केटिका लागी हामी पनि ब्रत बसौँ,
दुई दिन भोकै बस्न कम्मर कसौँ,
मिले खोजेको जस्ती मिल्ला,
नमिले ठिकै छ, कोइ न कोइ त एकदिन कस्सो नमिल्ला?

तेसै ले साथिहो ब्रत बसेर एउटा कोसिस गरौँ,
तर आशा गरौँ भर चाहिँ नपरौँ,
सारिको ठाउँमा हामिचैँ लुङ्गी भिरौँ,

भोली बिहानै फस्ट आओर मा पशुपती छिरौँ,
दिनभरी एसै ब्रेक डान्स हानौँ,
शिबजिको मन छोला नित साथी हो??

त्यस पछिता केही होलानित साथी हो ??
त्यसैले साथिहो!! आउ एउटा रमाइलो माहोल बनाऔँ,

केही फरक गरौँ, एसपाली हामिपनी तीज मनाऔँ ।।।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !