१४ बैशाख २०८१, शुक्रबार

रामकृष्ण ढकालको गीतको प्रोमो सार्वजनिक


ram-krishna-dhakal

काठमाडौं : पति गायक पत्नी मोडल अनि मोडललाई साथ दिन उनकै बाल्यकालको साथी। यी तीन पात्र हुन गायक रामकृष्ण ढकाल, उनकी पत्नी नीलम र निलमको बाल्यकालको साथी मन्छिन शाक्य। उनी रामकृष्ण ढकालको नयाँ गीत को भिडियोमा निलम ढकालसँग देखिएका छन्।

गायक रामकृष्ण ढकालको १५ औं गीती एल्बमको भिडियो र प्रोमो सार्वजनिक कार्यक्रममा ‘तिमी आएनौं’बोलको गीतको भिडियो देखाइयो। नेपाली सांगीतिक बजारमा एल्बमको प्रोमो सार्वजनिक गर्नका लागि सम्मेलन आयोजना गरेको पहिलो पटक भएको गायक ढकालको दावी छ।

असोज एक गते बिमोचन हुने एल्बममा ११ गीत समावेश गरिएको छ। जसमा प्राय गीतको शब्दले प्रेम र बिछोडको कथा बोल्छ। एल्बमका सबै गीतमा रामकृष्ण ढकालकै स्वर छ।

बिन्दबासिनी म्युजिकले एल्बमलाई बजारमा ल्याउँदैछ। एल्बमका ११ मध्ये ६ गीतको भिडियो निर्माण भइसकेको जानकारी आयोजकले दियो।
गायक ढकालले एल्बमबाट जम्मा भएको रोयल्टी रकम प्रहरी नागरिक अभियान नेपालमार्फत् बालबालिकाका लागि सहयोग गर्ने घोषणासमेत गरे।

हेर्नुहोस् भिडियो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !