२० बैशाख २०८१, बिहिबार

यो जिन्दगी जिउन यस्तो नजिर हुनुपर्छ


Purnima Parajuli पूर्णिमा प्रतिविम्ब

यो जिन्दगी जिउन यस्तो नजिर हुनुपर्छ

पाइला चल्मान अनि लक्ष्य स्थिर हुनुपर्छ

 

अनुभव पो चाहिन्छ रे जागिर पाउनलाई,

अनुभव कै लागि पहिले जागिर हुनुपर्छ

 

सम्बन्धलाई सधै यस्तै ताजा राख्ने भए !

तिम्लाई मेरो, मलाई तिम्रो पिर हुनुपर्छ

 

ठेस लाग्दा पाउमा, मनले गर्छ यस्तो प्रश्न

कर्म राम्रो होकि राम्रो तक्दिर हुनुपर्छ ?

 

म तयार छु देशको निम्ति ज्यानै दिन परेपनि,

मेरो रगत क्रान्ति ल्याउने अवीर हुनुपर्छ

 

पूर्णिमा प्रतिविम्ब


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !