२१ बैशाख २०८१, शुक्रबार

सकारात्मक प्रश्न


Short Story

त्यसदिन म दुखित भएँ, कारण त्यस साहित्यिक कार्यक्रमको उपस्थितिमा एउटा फुचे केटाको ब्यङ्यात्मक र अस्वभाविक प्रश्नहरुले मलाई कता कता आफ्नो लेखकिय बिधाको परिचयबाट बन्चित बनाएझै महशुश भयो (जो केटा नेपाल बाट भर्खर मात्र अमेरिका भित्रिएको रहेछ )हुन पनि त यो ब्यस्त दुनियाँमा आएर म ब्यस्तताभित्र हराएकी छु मैले यहाँ आफुलाई समय र कमाइको रफ्तारमा मात्र दौडाइ रहेकी छु। कहाँ फुर्सद र ?भावना र कल्पनालाई सप्तरङी इन्द्रेणिको माला बनाएर साहित्यको भंडार् भर्ने ?। अनी कस्को समय छ र साहित्यिक परीवेश भित्र हराउने ? अनी आफ्नो अस्तित्व कहाँ खोज्नु र पाउनु मैले ? । यस्तै यस्तै प्रश्न र दुबिधामा अल्झिएर आफ्नो अतित मा हराउन पुग्छु म । दु:ख ,पीडा, समस्या ,अभाव साथ नै भए पनि लेखन क्षेत्रमा आफु रमाएको आफुले अरु बाट पाएको सम्मान ,एउटा छुट्टै अस्तित्व, आफ्नो बेग्लै छवी तर आज गास,बास, कपासको राम्रो बन्दोबस्त भएपनी सम्पन्नता र बैभव को लिस्नो चढि रहेता पनि आफ्नो लेखकिय अस्तित्व गुमेर त्यो फुच्चे केटाले गरेको ब्यङ्यातमक पर्श्नहरुले म कता, कता मर्माहत बन्न पुगे र सम्झिन थाले उस्का ब्यङ्यात्मक पर्श्नका लहरहरु ।

”तपाइ लेख्ने मान्छे हो र ?”
”खै त मैले नेपालमा तपाईंको नाम सुनिन त ?”
”खै तपाईं के के लेख्नु हुन्छ ?(ब्यङ्यात्मक भाव ले मेरो डाइरी तान्दै पल्टाउन थाल्छ )
म पनि बिच बिच्मा उस्का पर्श्नका जवाफ दिरहेकी हुन्छु ।
”तपाइ ले गीत पनि लेख्नु भएको रे ?”(अलिक अगाडि मैले अर्को ब्यक्तिसँग कुरा गरी रहेको सुनेर उस्ले त्यस प्रकारको प्रश्न मलाई गरिरहेको थियो )”क- कस्ले गाएकाछन त तपाईंका गीत हरु” भन्दै ब्यङ्यात्मक हासो उडाउदै अहिलेका केही चर्चित एक दुई वटा ब्यान्ड हरुको नाम लिन्छ । म मध्यम बर्गका गायक हरुको नाम लिन्छु ।”ए तिनिहरु त हराइ सके” भन्दै ब्यङ्यात्मक हासो उडाउछ अनी फेरी उस्ले त्यसरी नै अर्को प्रश्न तेर्स्याउछ ”तपाइ त्यो अहिलेको बरिष्ट लेखक  ……लाई चिन्नु हुन्छ ?भनेर उस्को नाम लिन्छ अनी म झन अवाक बन्छु त्यो फुचेले जस्को नाम लिएको थियो ऊ त्यही केटो थियो जस्लाई मैले मेरै घरमा साहित्यिक परीवेश बनाएर साहित्यिक गोस्ठिहरु गरी एउटा लेखक बन्ने प्रेरणा दिएकी थिए र फल स्वरूप उस्को प्रतिभामा अंकूर पलाई रहेको थियो।

म हर्षले बिभोर पनि भएं किन कि मैले उत्साह र प्रेरणा दिएको केटो यौटा बरिष्ट लेखक मा गनिएको सुन्दा त्यस्ता हजारौ युवाहरुको म प्रेरणाको श्रोत थिए तर आज त्यो फुच्चेले मेरो औकात तौलिएर यदी त्यो बरीष्ट लेखकलाई चिने भने मात्र म यौटी लेख्ने महिला हुँ भन्ने उस्को भाव ले पर्श्न गर्दा साचै म अवाक बने।  मैले साँच्चै आफुलाई अती नै ओझेल मा धकिलिएको महशुश गरे र आँफैलाई धिक्कारे अनी सोचें, साच्चै म आफ्नो सानो देश र ठाउँमा यौटा चम्किलो तारा नै थिए भने आज यती ठुलो देशमा आएर धुलोको कण समान नै भैछु । अनी त्यो फुचे केटोको पर्श्नलाई मैले सकारात्मक् नै ठाने, हुन पनि त हो; अमेरिका आएको चार बर्ष भयो उस्ले मेरो नाम कहाँ बाट सुनोस ?अनी कसरी मेरो परिचय् पाओस यहाँ आएर मेरा लेख्ने हातहरुले कलम को मोह बिर्सिएर पसिना को मर्म मात्र बुझ्न थालेका छन अनी कसरी म लेखिका भएको प्रमाण कसैले पाउनु ? । हो, अहिले म आफ्नै रेस्टुराँको ”गूड् वेटरेस ” भएकी छु सबैलाई बाड्ने मीठो भावनात्मक शब्दहरुको बद्लामा ग्राहक हरुलाई मीठो मुस्कान छर्दै ”नमस्ते ”को सट्टा मा ”हेल्लो हाउ आर यू ?’ ‘भन्ने ब्यवसायिक वाक्य मात्र बाड्न सक्षम भएकी छु। मेरो परिचय् ”राईटर्”बाट ”वेट्रेस” मा अनुवाद भएको छ । आजकल राम्रो लेखिका बाट ”गूड् वेट्रेस” भन्ने प्रशङ्सात्मक शब्दहरु पाउन थालेकी छु ।

हो, मेरो परिचय् यही भएको छ। मैले नौलो पहिचान पाइरहेकी छु पुरानो अस्तित्व बाट म ओझेल भाईरहेकिछु, अनी म फेरी त्यो फुच्चेको प्रश्नहरुलाई आत्मसात गर्न पुग्छु। साच्चै, यथार्थ मा उस्का प्रश्न हरु सहि थिए भन्ने मलाई भान हुन्छ यस्तै कल्पनामा म हराइ रहेको बेला अनायस एउटा ग्राहक को वाक्यले म झस्किन्छु उस्ले भनी रहेको हुन्छ ”मे आइ गेट सम मोर वाटर ”? । म हठात को साथ जग को पानी उठाएर उस्को ग्लास भर्न पुग्छु उस्ले हाँस्दै ”थ्यान्क् यू” भन्छ म उस्लाई ”वेल काम ”भन्दै अरु टेबलमा पाहुना हरुसँग मुस्कान साट्न थाल्छु ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !