२२ बैशाख २०८१, शनिबार

चिहानमा लडिरहेको लास


Kabita

कस्तो जीवन

ढुंगाको चपेटामा थिचिएको

हाड खोरमा सिंगारिएको
न कुनै चोट छ, न कुनै व्यथा
न त सपना देख्छ न त कल्पना गर्छ
निर्जिव छ, मुढो जस्तै मौन
जीन्दगीदेखि थाकिसकेको
हारिसकेको
दुःखमा पिल्सिएर
सुखका पलहरु खोज्दा खोज्दै
त्यो सजिव प्राणी आज
चिहानमा लम्पसार परिरहेछ
ढुंगाको सिंहासनमा
बर्षादको बाढीले हुत्याइदिन्छ
हिंउदको मौसमले नंग्याइदिन्छ
चिहानमा लडीरहेको त्यो लास
छरिएका हाडखोरहरु
कै कता ! कै कता !
कस्तो जीन्दगीपंहेलो बस्त्रमा सिंगारिदिन्छन्
फेरी नंग्याइदिन्छन्
अग्नीको ताप दिन्छन्
हिंजोको त्यही जीन्दगी आज
न ऐया छ, न आत्थु
न चिच्याउँछ, न गुहार्छ
कालो धुंवाको मुस्लो बनी
आकाशमा विलाउन पुग्छ
कस्तो जीन्दगी
आखिर राख बन्छ
त्यही राख नदिमा बग्छ
नदिको छालले हुत्याइदिन्छ
ति राखहरु
छरिन पुग्छन्
कै कता ! कै कता !!


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !