२० बैशाख २०८१, बिहिबार

झुल्कीयो घाम आकाशबाट शीत झर्दैन अब


menuks

झुल्कीयो घाम आकाशबाट शीत झर्दैन अब ।
कालो बादल हटिसक्यो पानी पर्दैन अब ।।

उ सँधैलाई पराई बन्यो कहिल्यै नफर्किने गरी ।
पहिले जस्तो खानेबेला कर गर्दैन अब ।।

गन्तब्यमा पुगेछ उ खुसी खोज्दै खोज्दै ।
त्यहाँबाट अन्त कतै बसाईँ सर्दैन अब ।।

छोरा सम्झिएर दिनरात रुन्थीन आमा ।
यस्तो आयो खबर कहिल्यै उ मर्दैन अब ।।

पर्खिएर बसेकी थि‘न प्रियतमा खुसी बाँड्न ।
सिउँदोमा खुसीका रगं उसले भर्दैन अब ।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !