२२ बैशाख २०८१, शनिबार

मनमा माया झैँ छ मेरो देश


Shobha Kafle Khatiwada शोभा काफ्ले खतिवडा

 

मनको मायाँले चन्द्रको उज्यालो झैँ सुन्दर आकाश नै बनाउन पो मन छ !

घामको कलाको सारा किरण बटुली मलाई; देशको शोभा बढाउन मन छ !!

 

एउटा वसन्तमा त्यो बनको गुराँस झै ढकमक्क फूल्न कति  मन छ !

देश यो पालुवा र फूल झैँ फुलोस भनेर कामना गर्न अव मन छ !!

 

कतै बनमा झैँ फूल यो मनमा; फुलाउन पनि मन छ !

ये मेरो देश विकासका रड्गले ढकमक्क पार्न मन छ !!

 

मनमा यो देश पनि प्रिय तिमी जस्तै हरपल छाइ रहोस् !

यो माटो भरी समृद्दिको कथा हरपल अव लेखियोस !!

 

तिमी पनि यस्तै सुटुक्क आइ मन झैँ फुल है भन्छ !

हरपल त्यो जून झैँ मनमा लुकामारी खेल है मुटुले भन्छ !!

 

मनका हर रहरहरुमा तिम्रा सुन्दर मायाँ भर्न मन छ !

मुटु भरी तिम्रा त्यागहरुलाई नै सजाउन कति मन छ !!

 

तिम्रो त्यो मुटु यो छाती भित्र मलाई  लुकाइदिन मन छ !

तिम्रो मायाँ मनको गमलामा फुलाई दिन मन छ !!

 

तिमी पथमा हिँड्दा पनि बाटो नै बन्न मलाई कति मन छ !

तिम्रा हरेक चाहनाहरुले अव सगरमाथा चुमुन पो भन्छ !!

 

यस्तो मनको रहर भित्र नै देशको मायाँ फुल्छ !

यो देशलाई समृद्दिले छोओस भनि मन भन्छ !

 

मनको शोभा शान्त सितल चन्द्र झै बनोस् भन्छ !

घामको ज्योति, पानीको खेती गरोस ये देश भन्छ !!

 

यसका लागि हिमालको हिउँले सजाउन देशलाई मन छ !

पहाडको पानी हाली अन्न उब्जाउन् मन छ !!

 

देश टुक्रियाउने जालीहरुको चाहना टुक्र्याउन मन छ !

देश घात गर्ने को हुन पहिचान देशले गरोस मन भन्छ !!

 

एकजुट बनौ अव हामी नत्र देश यो गुम्ला !

टुक्रिएको यो मुलुकमा हामी कस्ता हौला ?

 

हिमाल जस्तै मनलाई  बनाई पहाड झैँ चट्टान हुन मन छ !

मनको मायाँ तिमीलाई दिन मलाई मन छ !!

 

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएकी राष्ट्रिय कवयत्री हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !