साधना - स्वागता छन्द Nepalpatra साधना - स्वागता छन्द
४ असार २०७८, शुक्रबार

साधना – स्वागता छन्द


साधना - स्वागता छन्द

ॐ श्रीपरमात्मने नम: ।

साधना हृदयभित्र उदाऊ
साधना प्रकृतिका गुण गाऊ ।
साधना प्रणयमा दिल लाऊ
साधना प्रणवका गुन लेऊ ।।१।।

साधना मखन मिष्ट खुवाऊ
साधना प्रथित पुत्र बनाऊ ।
साधना मुदित मित्र मनाऊ
साधना मलम दिव्य लगाऊ ।।२।।

साधना अतुल भाव जगाऊ
साधना रुचिर रीति रुचाऊ ।
साधना सुखद सीप सिकाऊ
साधना असल गीत सुनाऊ ।।३।

साधना विभव शुद्ध कमाऊ
साधना कलम नित्य चलाऊ ।
साधना कमल कान्त फुलाऊ
साधना विमल बाग बढ़ाऊ ।।४।।

साधना मयल पाप भगाऊ
साधना सुजनलाई सधाऊ ।
साधना वसन सुन्दर लाऊ
साधना सुभग मार्ग समाऊ ।।५।।

साधना अधनमा धन देऊ
साधना अवनिमा सुख पाऊ ।
साधना अवनिभित्र रमाऊ
साधना अतिथिदेव रिझाऊ ।।६।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !