१४ बैशाख २०८१, शुक्रबार

योग अर्थात् सुखी हुन आफैलाई बुझ्ने कोशिष


आफैलाई बुझ्ने कोशिष

हाम्रो जिबनमा हरेक कुराहरुको आ-आफ्नै महत्व रहेको छ, जिवनमा हामि सधै सुख को अनुभव गर्न चाहन्छौ। हामि सोच्छौ कि, जव हामि संग धेरै धन हुन्छ,अनि हामि सुखि हुनेछौ तर वास्तवमा धन ले हामिलाई कसरी वेग्लै सुखको अनुभव गराउला र?बुज्नु पर्ने कुरा के छ भने धन त जड हो, जड भनेको जो आफु लाई पनि जान्दैन र अरु लाई पनि जान्दैन, भने त्यस्तो निर्जिव पदार्थ ले हामिलाई के सदा को लागि सुखि बनाउला र,किनभने हामि जड होइनौ हामि त चेतन हो जिव हो।

हामि जिव हो, यदि परमात्मा को अंश हो भने, हामिले आफ्नो स्वरुप को बारेमा जान्न जरुरी छ, किनभने हामि स्वयम परमात्मा को अंश भएकोले हामि पनि परमात्मा को स्वरुप जस्तै आनन्द स्वरुप नै हौ । हामि स्वयम नै आनन्द स्वरुप हौ त, हामिलाई जड पदार्थ द्दारा सुखी हुनु पर्ने आवश्यकता कहाँ बाट आयो ?त्यसैले, हामि ले आफु लाई बुज्नु जरुरी छ, आफ्नो बास्तविकता को बारेमा अनुभुत हुनु जरुरि छ । हामि जे को लागि इच्छा राख्छौ, तत्पर रहन्छौ,, हामि त्यहि नै हुन्छौ र इच्छा अनुरुप नै पाउछौ र हामि स्वयमनै त्यहि नै हुन्छौ, त्यसैले हामि ले आफ्नो जिवन को वास्तविकता लाई बझि स्वयम आफ्नो खोजि गर्नु आवश्यक छ।

चेतन जिव प्रत्यक्ष सत् चित् आनन्द स्वरुप आत्मा हो, जुन परमात्मा को अंश स्वरुप हो,जुन पुर्णब्रह्म हो। त्यसकारण यदि हामि बास्तबमै सुखि हुन चाहन्छौ भने हामिले आफ्नो वास्तविकता को अनुसन्धान एबम विचार गर्नु पर्ने हुन्छ हामि हाम्रो कारण संग जोडिनु पर्ने हुन्छ । किनकी हाम्रो सुखको मूल स्वरूप कारण सित जोडिएको छ ।

योग माने जोड्नु, हामिले आफ्नो आत्मा लाई यसको कारण परमात्मा मा योग गर्नु नितान्त आवश्यक छ, नकि, जड पदार्थ को संयोग ले हामिलाई केवल भ्रम पैदा गर्दछ सुख कदापि मिल्दैन । त्यसैले आत्मा एवम परमात्मा को योग मा नै वास्तविक जिवनको सुख प्राप्त गर्न सकिन्छ । हामि मानव हौ, हामिमा संसार मा रहेका अरु जिव एवम चेतन प्राणी भन्दा वृहत रुपमा विचार शक्ति स्वयम नै प्राप्त छ, त्यसकारण हामिले स्वयम लाई बुझ्नु नै जिवनको मुख्य कर्तव्य हुन आउछ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !