१५ बैशाख २०८१, शनिबार

कृषिका कार्यक्रम परिणाममुखी बनाइने


pradesh4

५ असोज, सुर्खेत । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कृषि मन्त्रालयअन्तर्गतका ७५ प्रतिशत कार्यक्रम परिणाममुखी बनाउने बताउनुभएको छ ।

उच्च मूल्य कृषि वस्तु विकास आयोजनाद्वारा आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित समापन कार्यक्रममा सहकारीमन्त्री केसीले गत वर्ष सो मन्त्रालयले अन्यभन्दा अपेक्षित काम गरेको बताउनुभयो । मन्त्री केसीले भन्नुभयो, “ कृषिको बजारीकरणको जिम्मा राज्यले लिनुपर्छ अनि मात्र व्यवसायीकरण हुन सक्छ ।”
आत्मनिर्भर हुनका लागि कृषकलाई सम्मान हुने खालको पेशा हुनुपर्ने उहाँको भनाइ छ । कर्णाली प्रदेश सरकारले कृषक पेन्सन कार्यक्रम ल्याएको जानकारी गराउँदै मन्त्री केसीले यसलाई प्रभावकारी बनाउन विज्ञको रचनात्मक सल्लाह सुझाव आवश्यक रहेको बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !