२५ बैशाख २०८१, मंगलबार

तलकोटमा बाख्रा प्रवद्र्धन कार्यक्रम


बाख्रा

बझाङ । सुदूरपश्चिम प्रदेश सरकारअन्र्तगत मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी कार्यक्रमअन्तर्गत बाख्रा व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । युवालाई व्यवसायतिर जोड्ने उद्देश्यले तलकोट गाउँपालिका– ६ बडिगाउँलाई छनोट गरेपछि स्थानीयवासी बाख्रापालन व्यवसायतर्फ सक्रिय भएका छन् ।

कार्यक्रमअन्तर्गत बाख्रा राख्ने दुई व्यावसायिक खोर, दुई नमूना खोर, खोर सुधार, ४५ परिवारलाई बाख्रा र बोका सहयोग गरिएको छ । तलकोट– ६ का प्रेमबहादुर धामीले सहयोग पाएपछि आफू बाख्रा व्यवसायमा लागेको र अहिले ३० भन्दा बढी बाख्रा नमूना खोरमा पाली आगामी दिनमा व्यवसायलाई थप बढाइने बताउनुभयो ।

विगतमा बडिगाउँका किसानले बाख्रा पालन गरे पनि गुजारामुखी मात्रै भएकाले हाल सोही व्यवसायमा लागेका किसानलाई स्वरोजगारतर्फ जोड्ने उद्देश्यले बडिगाउँलाई छनोट गरिएको गाउँपालिकाका अध्यक्ष लालबहादुर विष्टले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !