बुकीपाटनमा प्लास्टिकजन्य फोहर व्यवस्थापनको चुनौती
बागलुङ । नेपालका एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित बुकीपाटनमा पर्यटकको आकर्षण बढेसँगै नकुहिने फोहर बढ्न थालेको छ । पर्यटकले जथाभावी फोहरले फाल्दा बुकीपाटनको स्वच्छताको छवि धुमलिन थालेको छ । पर्यटकले प्लास्टिकका बोतल, चाउचाउ, विस्कुटका प्लास्टिक र बियर बोतललगायत छरपस्ट छोड्दा