काठमाडौँ । न्यायपरिषद्ले सर्वोच्च अदालतमा उच्च अदालतका चार न्यायाधीशलाई सिफारिस गरेको छ ।
न्याय परिषद् स्रोतका अनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दसहित उच्च अदालतका न्यायाधीशहरु चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सिफारिस गरिएको छ ।









