फाइल फोटो
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईंलाई साइबर ब्युरोको टोलीले आज सोमबार बिहान पक्राउ गरेको हो ।
प्रसाइँले पछिल्ला दिनमा दिएका अभिव्यक्तिका सम्बन्धमा सोधपुछ गर्नका लागि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । रास्वपा सांसद रचना खतिवडा खत्रीले प्रसाइँलाइ कारबाहीको माग गरेकी थिइन् ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै दुर्गा प्रसाईंले लगाएका आरोपको खण्डन गर्दै भक्कानिएकी थिइन् । प्रसाईंले छोराको शवसँग सांसद पद साटेको आरोप लगाएका थिए ।
उनले बोल्नुअघि हजारौँपल्ट सोचिदिन अनुरोध पनि गर्दे प्रसाइँलाइ कारबाहीको माग गरेकी थिइन् । प्रसाईं पटक-पटक पक्राउ पर्दै छुट्दै आएका छन् । अधिकांशजसो उनी साइबर कसुरमा पक्राउ पर्ने गरेका छन् ।









