४ आश्विन २०८३, आइतबार

जनमत पार्टीको अध्यक्षमा फेरि सिके राउत निर्विरोध


डा. सिके राउत

काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सिके राउत पुनः निर्विरोध भएका छन् । पार्टीको दोस्रो महाधिवेशनका लागि अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परेपछि उनी पुनः अध्यक्ष हुने निश्चित भएको हो ।

असोज ९ गतेदेखि सुरु हुने महाधिवेशनका लागि असोज १ गते उम्मेदवारी दर्ता भएको थियो । विभिन्न पदमा १०३ जनाले उम्मेदवारी दिएकामा अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परेको जनमत पार्टीका निवर्तमान महासचिव चन्दन सिंहले बताए ।

अध्यक्षसहित अन्य पदाधिकारीको प्रक्रियागत आधिकारिक घोषणा असोज १० गते हुने उनले बताए। अध्यक्षबाहेक अन्य सबै पदमा भने प्रतिस्पर्धा छ। उम्मेदवारी फिर्ता लिने समय आइतबार साँझ ५ बजेसम्म तोकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !