२५ भदौ २०८३, बिहिबार

मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्दै


सरकारको निर्णय

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ः०० बजे बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनुभएको बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।

यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीपछि सरकारका सबै संयन्त्र खोज, उद्धार, उपचार, राहत र प्रभावितको पुनःस्थापनामा निरन्तर जुटिरहेका छन् ।

सोही सन्दर्भमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुनःस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न बैठक बोलाएको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !