१८ भदौ २०८३, बिहिबार

उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने


सरकारको निर्णय

काठमाडौं । सरकारले उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने भएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भोटेकोसी बाढीपछि बेपत्ताको खोजी तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीका लागि सुविधासहितको प्याकेज घोषणा गरेको हो ।

सरकारले उद्धारमा खटिँदा मृत्यु भएमा १० लाख रुपैयाँ उपलब्ध गराउनेसहितको प्याकेज घोषणा गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

मन्त्री पोखरेलले खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा निःशुल्क उपचार तथा मृत्यु भएमा परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !