काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय गरेको छ । आज बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
सरकारले यही भदौ २२ गतेलाई राष्ट्रिय शोकको घोषणा गर्दै देशभर सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
मन्त्री पोखरेलका अनुसार भदौ १० गते रसुवाको भोटेकोसी बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा १३औँ दिनको पुण्यतिथि अर्थात् २०८३ भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने र सो दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको बताए ।







