काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिएका छन् ।
बिहान ११ बजे बस्ने बैठकमा पार्टीको दस्तावेज, स्थानीय निर्वाचनका लागि उमेदवार छनोट रूपरेखा २०८३ अनुमोदन, राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा छलफल हुनेछ ।
केन्द्रीय समिति सदस्य मनोनयन, पदाधिकारी मनोनयन, सचिवालय सदस्य मनोनयन, विभागीय प्रमुखहरूको मनोनयन बैठकका एजेन्डा रहेका छन् । स्थानीय निर्वाचनका लागि केन्द्रीय उमेदवार छनोट समिति सदस्य मनोनयन, योजना, कार्यक्रम तथा अभियानको विषय पनि बैठकको एजेन्डा रहेको छ ।









