२६ श्रावण २०८३, मंगलबार

उद्योगी शेखर गोल्छा अदालतमा उपस्थित


शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं उद्योगी शेखर गोल्छा बयान दिन अदालत उपस्थित भएका छन् । सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरिएका मुद्दामा बयान दिन आज मंगलबार उनी विशेष अदालतमा हाजिर भएका हुन् ।

विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासमा उनको बयान जारी रहेको छ । बयानपछि आजै थुनछेकसम्बन्धी बहस सुरु गरिने बताइएको छ ।

वादी र प्रतिवादीको दुईतर्फी बहस सकिएपछि पुर्पक्षका निम्ति थुनामा, धरौटी वा साधारण तारिखबारे निर्क्योल हुनेछ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत दायर यो मुद्दामा गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँबराबरको बिगो दाबी गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !