काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहलाई ढाडस दिँदै बादलको टुक्रामा जहाज हल्लिएतापनि डर मान्नु नपर्ने बताएका छन् ।
आज शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू नेृतृत्वको दल रास्वपाले सञ्चालन गरिरहेको सरकारको उडानलाई गन्तव्यमा पुर्याएरै छाड्ने प्रतिबद्धता जाहेर व्यक्त गरेका छन् ।
उनले कहिलेकाहीँ जहाज बादलको टुक्रामा पुग्दा हल्लिने भएपनि त्यतिमै दुर्घटना हुन लागेको वा भएको भनेर बुझ्न नहुने उनको तर्क गरे । उनले सरकार आफ्नो वाचा अनुसार काम गरिरहेको दाबी गरे ।
यो पनि पढ्नुहोस्
बालेनलाई विपिनको कटाक्ष : देश एक्लैले बन्दैन, प्रदेश र स्थानीय तहमा पनि साथ चाहिन्छ
बालेनलाई मनीषको जवाफ : महान जनादेश पाएको सरकार एक्लो छैन
संसदमा प्रश्न उठेपछि प्रधानमन्त्रीले मुख खोले : देश संकटदेखि समाधानतर्फ उन्मुख
मध्यरातमा प्रधानमन्त्री बालेनको भने – ढिलो होला तर, गलत हुँदैन नआत्तिनुहोस्









