काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लाग्ने बताएका छन् । आज शुक्रबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै शाहले ढिलो होला तर गलत नहुने बताएका हुन् ।
उनले नआत्तिन पनि सबै नेपाली जनतालाई आग्रह गरेका छन् । शाहले सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने पनि बताएका छन् ।
प्रधानमन्त्री बालेनले कहिलेकाहीँ एक्लै लड्नुपर्ने बताएका छन् । साथै यो पहिलो पटक नभएको पनि उल्लेख गरेका छन् ।
उनले लेखेका छन् – ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्,’ उनले भनेका छन्, ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’













