काठमाडौँ । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङकी उक्याव (काठमाडौँ)लाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले राससलाई जानकारी दिइन् ।
याङकी विकास अर्थशास्त्र र सार्वजनिक नीतिकी विज्ञ हुन् । उनले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम यूएनडिपीको प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकारका रूपमा कार्य गरिसकेकी छिन् । उनले बेलायतको अक्सफोड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर अध्ययन गरेकी छिन् ।
उनले यसअघि लगानी बोर्डमा वित्त तथा लगानीसम्बन्धी महत्त्वपूर्ण जिम्मेवारी सम्हालेकी थिइन् । नेपाल इकोनोमिक फोरमसँग आबद्ध भएर आर्थिक नीति र विकाससम्बन्धी अध्ययन तथा लेखनमा उनले सक्रिय योगदान दिएकी छन् ।













