२९ असार २०८३, सोमबार

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्यालको पुनर्बहाली


संगीता पहाडी अर्याल

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल पुनर्बहाली भएकी छिन् । अर्यालमाथि लागेको अनियमितता आरोपमा विशेष अदालतबाट पूर्ण रूपमा सफाइपश्चात सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट निलम्बन फुकुवा भएको हो

पदबहाली कार्यक्रममा प्रबन्ध निर्देशक अर्यालले कम्पनीका कर्मचारीलाई विशेष सम्बोधनमा संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न डराउन नपर्ने बताइन् ।

साथै उनले विगतमा कर्मचारीहरूमाथि लागेको आरोप र भ्रमको बादल हटेर अन्ततः सत्य स्थापित भएको उल्लेख गर्दै आफ्नो अनुपस्थितिमा संस्थालाई कुशल नेतृत्व र सहयोग प्रदान गर्ने सम्पूर्ण टिमप्रति हार्दिक धन्यवाद ज्ञापन गरिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !