काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । सिंहलाई पर्साको ठोरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पर्सा जिल्ला अदालतले सिंहलाई लिखत किर्ते गरेको कसुरमा गत जेठ ८ गते पक्राउ पुर्जी जारी गरेको थियो । उनीसहित अन्य तीन जनाविरुद्ध स्थानीय लियाकत अलीले जाहेरी दिएका थिए ।
मेयर सिंहले नक्कली कागजातको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाई नागरिकता जारी गराएको जाहेरी परेको आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।













