६ जेष्ठ २०८३, बुधबार

सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल २० दिन बिदामा


सपना प्रधान मल्ल

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छन् । मल्ल आजदेखि २० दिन बिदामा बसेकी हुन् ।

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको पदबहाली गरेसँगै मल्ल बिदा बसेकी हुन् । सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले मल्ल २० दिन बिदामा बसेको जानकारी दिए ।

मल्लले २०८२ चैत १८ गतेदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी थिइन् । तर, संवैधानिक परिषद्ले आफूभन्दा जुनिएर चौथो वरीयतामा रहेका शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि मल्ल असन्तुष्ट थिइन् ।

उनले सार्वजनिक रूपमै असन्तुष्टि जनाउँदै आएकी थिइन् । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीश पदमा अनुमोदित भएपछि शर्माले शपथ मंगलबार लिएका छन् । शर्माको शपथ ग्रहण समारोहमा मल्ल सहभागी पनि भएकी थिइनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !