१ जेष्ठ २०८३, शुक्रबार

इन्भेष्टमेन्ट बैंकका सीईओ पाण्डेलाई हाजिर जमानीमा छाड्न सर्वोच्चको आदेश


ज्योति प्रकाश पाण्डे

काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई हाजिर जमानीमा छाड्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले शुक्रबार पाण्डेको हकमा बन्दीप्रत्यक्षीकरणको रिट जारी गरेको हो ।

यद्यपि सर्वोच्चले पाण्डे विदेश जान परे अदालतको अनुमति लिनुपर्ने सर्त आदेशमा राखेको छ । स्मार्ट सेल घोटाला प्रकरणमा मुछिएका उनलाई सीआईबीको टोलीले गत बैशाख ३० गते बुधबार पक्राउ गरेको थियो ।

गैरकानुनीरूपमा सरकारको स्वामित्वको सम्पत्ति अर्को कम्पनीलाई बेच्ने कार्यमा पाण्डेको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । उनीमाथि स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गर्ने कार्यमा संलग्न भएको आरोप छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !