काठमाडौँ । सुकुम्बासी बस्तीमा जबरजस्ती उठिबास रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ । आज शुक्रबार बिहान साढे ११ बजे सुकुम्बासी बस्तीमा जबरजस्ती उठिबास रोक्न माग गर्दै सर्वोच्चमा रिट पेस भएको हो ।
रिट निवेदन पेस गर्नेहरुमा थापाथली बस्तीमा बस्ने गोपाल रन पहेली, जेनजी अगुवाहरू अर्णव चौधरी, ओजस्वी भट्टराई, तनुजा पाण्डे, माजिद अन्सारी, प्रज्वलविक्रम राणा, कविता राई, विकासकुमार गुप्ता रहेका छन् ।
उनीहरूले सरकारले काठमाडौंको थापाथली, मनोहरा, सिंनामंगल लगायत देशभरिका नदी किनारामा वा जुनसुकै स्थानका क्षेत्रमा सुकुम्बासी बस्तीबाट कुनै पनि भूमिहिन वा सुकुम्बासीलाई जबरजस्ती उठिबास लगाउन लागेको भन्दै उक्त कार्य रोक्न माग गर्दै सर्वोच्चमा रिट पेस भएको हो।
उनीहरूले सुकुम्बासी बस्ती हटाउन लागेको र वैशाख १० गतेदेखि नै माइकिङमार्फत सूचना प्रसारित भइरहेको हुँदा आजै दर्ता गरी सुनुवाइ समेत गरी अन्तरिम आदेश जारी गर्न माग गरेका छन् ।












