३ बैशाख २०८३, बिहिबार

दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


दीपक खड्का

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्चकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार खड्काले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई सकिएपछि थुनामुक्तिको आदेश दिएको हो ।

खड्कालाई सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरी प्रहरी हिरासतमा थिए । खड्काको थुना कानुनसम्मत नभएको ठहर सर्वोच्चको छ । यद्यपि विदेश जानको लागि अदालतको आदेश अनिवार्य गरिदिएको छ ।

सर्वोच्चले पूर्व नजिर उल्लेख गर्दै खड्कालाई लागेको अभियोगमा मिलापत्र हुनसक्ने पनि आदेशमा उल्लेख छ । खड्काको रिहाइका लागि उनकी पत्नी बिनिता थापाले रिट दायर गरेकी थिइन् । खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले खड्कालाई चैत १५ गते पक्राउ गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !