१२ चैत्र २०८२, बिहिबार

संसदमा शपथ लिएर बालेन किन पुगे सर्वोच्च अदालत ?


संसदमा शपथ लिएर बालेन किन पुगे सर्वोच्च अदालत ?

काठमाडौं । सांसदको शपथ लिएलगत्तै प्रस्तावित प्रधानमन्त्री बालेन शाहले सर्वोच्च अदालत पुगेर मुद्दाको तारिख लिएका छन् । सिंहदरबारमा सांसदको शपथ लिएपछि सोही पोसाकमै सर्वोच्च आएर उनले तारेख बुझेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता समेत रहेका शाहले आफूविरुद्ध दायर अदालतको अवहेलना सम्बन्धी मुद्दाको तारिख लिएका हुन् । ३ वर्षअघि उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेपछि बालेन आक्रोशित भएका थिए ।

उनले सामाजिक सञ्जालमार्फत छिमेकी मित्रराष्ट्र भारतसँग अदालत र सरकारलाई जोडेर आपत्तिजनक लाञ्छना लगाएको जिकिरसहित अधिवक्ता वर्षाकुमारी झाले बालेन विरुद्ध अवहेलना मुद्दा दर्ता गरेकी थिइन् । सोही मुद्दाको तारिखका क्रममा शाह सर्वोच्च अदालत पुगेर मुद्दाको तारिख लिएका हुन् । अब उनको मुद्दा १४ जेठका लागि तारिख तोकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !