काठमाडौं । सामाजिक सञ्जाल ट्वीटर (एक्स) ले नेपाल सरकारसँग दर्ता गर्न आवश्यक कागजातबारे विवरण माग गरेको छ । आज शुक्रबार एक्सले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग दर्ताका लागि चाहिने कागजातबारे विवरण माग्दै मेल पठाएको हो ।
सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार एक्सले दर्ताको लागि केके कागजात चाहिन्छ भन्दै सम्पर्कमा आएकोले मन्त्रालयले त्यसबारे बताउँदै मेल गरेका हो ।
ट्विटरको सिंगापुरस्थित कार्यालयबाट सूचीकरणबारे जानकारी मागिएको इमेल प्राप्त भएको मन्त्रालयका प्रवक्ता ठाकुरले जानकारी दिए । इमेल पाएसँगै यसबारे जानकारी गराइएको उनले जानकारी दिए ।
फेसबुकपछि एक्स समेत सूचीकरणका लागि सरकारको सम्पर्कमा आएको हो । सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयन हुन थालेसँगै एक्स सरकारको सम्पर्कमा आएको हो । पठाएका विवरणसहित विवरणसहित सूचीकरणका लागि निवेदन दिएपछि निष्क्रिय सूचीबाट हट्ने उनले बताए ।
नेपाल दूरसञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई पत्र पठाएसंगै उक्त सामाजिक संजाल अहिले निष्क्रिय भएका छन् ।













