३ चैत्र २०८२, मंगलबार

नोटमा पृथ्वीनारायण शाह र बुद्धको फोटो राख्न सूर्य थापाको सुझाव


सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का सांसद सूर्य थापाले नेपाली नोटहरुमा पृथ्वीनारायण शाह र गौतम बुद्धको फोटो राख्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन् । एमालेका सांसद थापाले नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई नोटमा पृथ्वीनारायण शाह र बुद्धको फोटो राख्न सुझाव दिएका हुन् ।

आज अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी (बाफिया) विधेयकसम्बन्धी दफाबार छलफलको क्रममा थापाले नेपालको एकीकरणकर्ताको तस्बिर नोटमा छाप्ने कुराले राष्ट्र बैंक र देशको इज्जत बढ्ने तर्क गरेका हुन् ।

यस्तै नोटमा राखिएका तस्बिर बोकेर हिँड्दा गौरवबोध हुनुपर्ने भन्दै थापाले बुद्धलाई पनि नोटमा राख्नुपर्नेमा जोड दिए । नवनियुक्त गभर्नर डा. पौडेल पनि बैठकमा उपस्थित थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !