१२ कार्तिक २०८३, बिहिबार

नागरिकप्रति प्रहरी सङ्गठन समर्पित छ : नेपाल प्रहरी


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले सरकारको नीति निर्देशनअनुसार नागरिकप्रतिको विधिसम्मत जिम्मेवारी एवं उत्तरदायित्व निर्वाह गर्न प्रहरी सङ्गठन सदैव समर्पित रहेको स्पष्ट पारेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले आज विज्ञप्ति जारी गर्दै कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई संवैधानिक तथा कानुनी जिम्मेवारी पूरा गर्न प्रहरी कटिबद्ध रहेको स्पष्ट पारे ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग जोडेर सार्वजनिक भएका अपुष्ट र अनुमानका समाचार तथा टिप्पणीले आमनागरिकमा भ्रम सिर्जना गरेको भन्दै उनले अपुष्ट, भ्रामक, तथ्यहिन र स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न अनुरोध गरेका छन् ।

“सङ्गठनको प्रतिष्ठा, व्यावसाययिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजितरुपमा भ्रामक सूचना सम्प्रेषण गरी नेपाल प्रहरीलाई कमजोर बनाउने वा सुरक्षा सङ्गठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिन्छ भन्ने सोच बनाएका सीमित व्यक्तिको चालबाजीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ”, केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु