३ चैत्र २०८२, मंगलबार

भोलि काठमाडौँ उपत्यका बन्द गर्ने राजावादीको घोषणा


नवराज सुवेदी

काठमाडौं । राजावादी समूहले भोलि जेठ १९ गते काठमाडौँ उपत्यका बन्द गर्ने घोषणा गरेका छन् । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै भोलि काठमाडौँ उपत्यका बन्द गर्ने घोषणा गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दिपक सिंह लगायत पक्राउ परेपछि राजावादी समूहले सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेको हो । शान्तिपूर्ण आन्दोलनकै क्रममा प्रहरीले अमानवीय तवरले पक्राउ गरेको भन्दै सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेको हो ।

पक्राउ परेका थापा,सिंह लगायतलाई तत्काल रिहा गर्न समेत संयुक्त जनआन्दोलन समितिले सरकारसँग जोडदार माग गरेको छ । उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसेर सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागीहरूलाई आह्वान गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !