१३ आश्विन २०८३, मंगलबार

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता


deuva-soraj

१९ माघ, काठमाडौँ। नेपालको दुई दिने भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच द्विपक्षीय भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न मन्त्री स्वराज आफ्नो भ्रमण टोलीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेकी छिन्। उनको साथमा भारतीय विदेश सचिव, भारतीय राजदूत, विदेश मन्त्रालयका प्रवक्ता तथा नेपाल डेस्कका प्रमुख पनि भेटवार्तामा सामेल छन्।

मन्त्री स्वराजले आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग होटल सोल्टीमा छुट्टा–छुट्टै भेटवार्ता गरेकी थिइन्। यस्तै उनले हिजो साँझ एमाले अध्यक्ष केपी ओलीसहितको एमालेका नेतासंग र सोल्टीमै उनले राजपाको टोलीलाई पनि भेटेकी थिइन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु