१५ श्रावण २०८३, शुक्रबार

ओली–दाहाल टकरावले नेकपामा तनाव


ओली प्रचण्ड

काठमाडौं, असार २१ । शीर्ष नेताहरू आआफ्नो अडानमा कायमै रहँदा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ। विवाद लम्बिँदै जाँदा पार्टी विभाजनसम्म पुग्ने हो कि भन्ने आशंका बढेको छ।

दलका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू आआफ्नो अडानमा रहँदा पार्टी र सरकार दुवै अप्ठेरोमा पर्ने देखिएको छ।

दुई वर्षअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको हो। तर एकीकरणका सबै प्रक्रिया टुंगोमा नपुग्दै नेकपा विभाजनको सँघारमा पुगेको विश्लेषण गर्न थालिएको आजको नागरिक दैनिकमा खवर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु