१५ बैशाख २०८१, शनिबार

रोनाल्डो हटे मात्र रियल म्याड्रिड आउँछु : ब्राजिलियन स्टार नेयमार


nemar vs ronaldo

१३ मंसिर, २०७४ । नेयमारले एक सनसनीपूर्ण अभिव्यक्ति दिएका छन् । नेयमारका अनुसार अहिले रियल म्याड्रिड उनको प्राथमिकतामा छैन। स्पेनिस पत्रिका डन बालोन अनुसार उनी क्रिस्टियानो रोनाल्डोलाई रियल म्याड्रिडको स्क्वाडमा समावेश नगराउने शर्तमा मात्र रियल जान चाहन्छन्। वास्तवमा नेयमार बार्सिलोना छँदा नै सुपरस्टारहरूको छायाँमा थिए। सायद उनी अब त्यसरी कुनै पनि क्लबमा बस्न चाहँदैनन्। दर्शकहरू पनि उनलाई मुख्य अनुहारमै देख्न रुचाउँछन्।

नेयमार स्वयंले पनि यिनै आशय व्यक्त गरिसकेका छन्। अर्थात् उनी कुनै पनि दबाबमा रहेर खेल्न चाहँदैनन् र कुनै टिममा पनि दोस्रो अनुहार बन्न्न तयार छैनन्। रोनाल्डो अहिले लेफ्ट साइडको अट्याकिङ फरवार्डको भूमिकामा छन्। यस स्थानबाट खेल्दा उनलाई सफलता पनि मिलिरहेको छ। त्यस्तै नेयमार पनि पेरिस सेन्ट जर्मनको जर्सीमा सोही स्थानबाट खेलिरहेका छन्। नेयमारका लागि सबैभन्दा उपयुक्त पोजिसन पनि यही हो।

पछिल्लो केही हप्तादेखि नेइमार पिएसजीमा खुशी नरहेको र उनी रियल मड्रिड आउन चाहेका खबर सार्वजनिक भएका छन् । नेइमार यहि सिजन विश्व कीर्तिमानी मूल्यमा स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजी गएका हुन् । ब्राजिलियन स्टार नेइमारका बुवा नेइमार सिनियर र रियल मिड्रडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजबिच मध्यस्थकर्ता एजेन्ट मार्फत कुराकानी भएको खबरमा उल्लेख गरिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !