१५ बैशाख २०८१, शनिबार

किमले दिए पुटिनलाई बधाई


Kim-jong-un
 एजेन्सी, ७ चैत । उत्तर कोरियाली नेता किम जोङ अनले रूसमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा नेता भ्लादिमिर पुटिन पुनः राष्ट्रपतिमा निर्वाचित भएकोमा मङ्गलबार बधाई ज्ञापन गर्नुभएको छ ।

नेता अनको सन्देशमा भनिएको छ, रसियाली निर्वाचनबाट पुनः राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा हार्दिक वधाई छ । यहाँको नयाँ कार्यकालमा रसियालाई थप शक्तिशाली राष्ट्र बनाउन सफलता मिलोस ।

विश्वका कतिपय मुलुकका नेता तथा राष्ट्रप्रमुखहरूले पुटिनको विजयपछि पनि वधाई ज्ञापन गर्न ढिलाई गरिरहेका समय अनले उक्त सन्देश पठाउनुभएको हो ।

पुटिनको रूसको राष्ट्रपतिका रूपमा पुन निर्वाचनले रसियाली जनताले उहाँप्रति देखाएको ‘सहयोग र विश्वास’लाई पुष्टि गरेको बताउनुभएको छ ।

पुटिनको नयाँ कार्यकालमा उत्तर कोरिया र रूसबीच लामो मैत्रीपूर्ण इतिहास रहँदै आएको यसले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास गर्नुभएको नेता किमको सन्देशलाई उद्धृत गर्दै उत्तर कोरियाली समाचार संस्था (केसीएनए)ले जनाएको छ ।

आणविक कार्यक्रमप्रतिको मोहका कारण उत्तर कोरियामाथि विश्व समुदायबाट व्यापक प्रतिबन्धको सामना गर्दै आएको छ । रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !