१४ बैशाख २०८१, शुक्रबार

धेरै सोचाई र चिन्ताबाट मुक्त रहन अपनाउनुस् यी उपायहरु


Positive Thinking सकारात्मक सोच

भविष्यको बारेमा धेरै सोच्ने अनि चिन्ता नलिने व्यक्ति सायदै कम हुन्छन् । भविष्यमा सफल बन्न धेरै सोच्ने अनि चिन्ता लिनाले वर्तमान पनि कष्टकर भैरहेको हुन्छ। धेरै सोचाइ गर्यो भने कुनै पनि कुराको समाधान हुँदैन अनि सधैँ चिन्तित एवं दु:खी भईरहिन्छ । यहाँ केही उपायहरु छन् जसले धेरै सोचाई र चिन्ताबाट मुक्त पारी भविष्यमा सफल बन्न सहयोग पुर्याउँदछन्, जुन् यसप्रकार छन्:
१. कुनै पनि कुरालाई विस्तृत रुपले हेर्नुपर्दछ जसले गर्दा आफ्नो समय र शक्तिलाई वास्तविक समस्याको समाधान गर्न सजिलै सहयोग पुर्याउँछ ।
२. कुनै पनि कुराको निर्णय छोटो समयमा गर्नुपर्दछ । यदि निर्णय लिन धेरै समय लिँदा सोचाइ धेरैतिर जान्छ र समाधान गर्न गार्हो हुन्छ ।
३. एकै दिनको लागि धेरै योजनाहरु बनाउनु हुँदैन । यति महिना वा यति वर्ष भित्रमा सक्छु भन्ने खालको योजनाहरु बनाउनु पर्छ जसले गर्दा धेरै सोचाई अनि तनाब कम हुन्छ।
४. कुनै पनि काम गर्दा बिचबिचमा आराम लिनुपर्दछ साथै धेरै कुराको जनकारी छोटो समयमा लिने कोशिस गर्नु हुँदैन ।
५. कुनै काम पूरा गर्नु छ भने सम्पुर्ण सोचाई त्यसमै केन्द्रीत हुनुपर्दछ त्यसलाई सकेपछि मात्र अरु बारेमा सोच्नुपर्छ ।
६. एक्लै सबै कुरा गर्न सकिँदैन भन्ने कुरा महशुस गर्नुपर्छ ।
७. कुनै पनि कुराको जानकारी छैन भने त्यस्तो अवस्थामा आफुलाइ सोचाईमुक्त बनाउनु पर्छ ।
८. आफ्नो दिमागलाइ व्यस्त राख्न सानो, ठूलो जस्तो भएनी काम गर्नु पर्छ जसले गर्दा अनावश्यक सोचाइबाट मुक्त होईन्छ ।
९. सकेसम्म धेरै समय सुत्नु पर्छ जस्ले गर्दा मस्तिष्कलाई आराम पुग्छ र धेरै सोचाईबाट मुक्त होइन्छ। तर जवर्जस्ती सुत्ने कोसिस गर्नुहुँदैन ।
१०. भुत र भविष्यको भन्दा वर्तमानको बारेमा धेरै सोचाई र समय व्यतित गर्नु पर्छ ।
११. राम्रो सोच भएका व्यक्तिको संगत धेरै गर्नु पर्छ ।
१२. नियमित व्यायाम गर्नुपर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !