२६ बैशाख २०८१, बुधबार

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान


आजदेखि मौसम सफा

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । दिउँसोवाट पश्चिमी वायूको आंशिक प्रभाव पर्ने संभावना रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराई भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हुस्स/कुहिरो लागेको छ ।

२०८० पुस १४ गते (शनिबार)

दिउँसो

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती

देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०८० पुस १५ गते (आइतबार)

दिउँसो

देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती

देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०८० पुस १६ गते (सोमबार)

दिउँसो

देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ र बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, बागमती र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

बदली र हिमपातका कारण हुनसक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !