२३ बैशाख २०८१, आइतबार

आजको मौसम : भारी वर्षाको सम्भावना


मौसम

काठमाडौँ । नेपालमा मनसुनी वायुको साथै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशखाले जनाएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै मधेस तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाइएको छ । यसैगरी देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको र कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !