२४ बैशाख २०८१, सोमबार

पर्वतका उच्च पहाडी भेगमा हिमपात हुँदा जनजीवन प्रभावित


पर्वत हिमपात

पर्वत । पर्वत जिल्लाका उच्च पहाडी भेगमा हिमपात भएको छ । आज बिहानैदेखि जिल्लाका विभिन्न भागमा हिमपात भएको हो । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थल पञ्चासे, तीन हजार ३०० मिटरको उचाइमा रहेको जलजलाको हम्पाल क्षेत्र, लोप्रे, फलामेडाँडा, डाँडाकमेरे, डहरेदेउराली, दक्षिण पर्वतका चिसापानी र गोल्र्याङको लेकमा हिमपात भएको बताइएको छ ।

हिमपातसँगै निरन्तर वर्षासमेत भइरहेको छ । वर्षा र हिमपातका कारण चिसो अत्यधिक मात्रामा बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ । लामो समयपछि परेको हिमपात र वर्षाका कारण कृषक भने लाभान्वित बनेका छन् । गहुँ, आलु, तोरी, जौ, फापरलगायत बालीको उत्पादन बढ्ने भन्दै कृषक हर्षित बनेका छन् ।

कुश्मा नगरपालिका वडा नगरपालिका–१४ आर्थर डाँडाखर्कका सञ्जीव गुरुङले पञ्चासे क्षेत्रमा बिहानैदेखि वर्षा र हिमपात भइरहेको जानकारी दिनुभयो । पर्वतका उच्च पहाडी क्षेत्रमा हरेक वर्ष हिमपात हुँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !