२६ बैशाख २०८१, बुधबार

आज माघ १६ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान

काठमाडौँ, माघ १६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ।

हाल मौसमको अवस्था

हाल देशको केही पहाडी भु-भागमा आंशिक बदलीको अवस्था रहेको छ, तराईका भु-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ भने बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो

देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ।

राती

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश न. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको साथै तराईका भू-भागहरुमा बिहानीपख हुस्सु्/कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा विभागले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !