१४ असार २०८१, शुक्रबार

तामाङहरूको उद्गम थलो काभ्रेपलाञ्चोकको सुन्दर पर्यटकीय गन्तव्य तिमाल


तिमाल

पृष्ठभूमि : प्राचीन नाम ’तेरमाला’ बाट अपभ्रंस भएर ’तेमाल’ हुँदै तिमाल भएको दन्त्य कथाहरूमा उल्लेख छ । झण्डै नेपालको नक्सासँग मेल खाने तिमाल क्षेत्रको हावापानी समेत फरक-फरक रहेको छ ।

नेपालको नक्सासँग मेल खाने तिमाल क्षेत्रको हावापानी समेत फरक-फरक रहेको छ ।

परिचय

तिमाल क्षेत्र काभ्रेपलाञ्चोक जिल्लाको झिगु खोला, सुनकोसी र रोसी खोलाको मध्यपहाडी एवं बेंसी भागमा पर्छ जसलाई तामाङहरूले आफ्नो उद्गम थलोका रूपमा स्विकार्दै आएका छन् । तिमाल गाउँपालिकामा अवस्थित १७१४ मिटर उचाइमा रहेको कोट तिमालमा तमाङको मुख्य बसोबास छ । नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले कोट तिमालको नाम राखेको स्थानीय बताउँछन् ।

तिमाल क्षेत्र काभ्रेपलाञ्चोक जिल्लाको झिगु खोला, सुनकोसी र रोसी खोलाको मध्यपहाडी एवं बेंसी भागमा पर्छ जसलाई तामाङहरूले आफ्नो उद्गम थलोका रूपमा स्विकार्दै आएका छन् ।

तिमालबाट आधा दर्जनभन्दा बढी हिमालको दृष्यावलोकन गर्न पाइन्छ । यहाँबाट गणेश, लाङटाङ र गौरीशंकर हिमालको रेन्ज हेर्न पाइन्छ । यहाँ बास बस्न साना होटलहरू छन् । स्थानीय घरमा पनि बस्न सकिन्छ । होमस्टेको पनि सुरुवात भएको छ । अत्यन्तै महँगोमा बिक्री हुने बुद्धचित्त कोट तिमालका लागि आम्दानीको मुख्य स्रोत बनेको छ । पछिल्लो समय बुद्धचित्तको बोट हेर्न र खरिद गर्न पनि पर्यटक जाने गरेका छन् । बुद्धिस्टले अत्यन्तै महत्व दिने भएकाले बुद्धचित्तको माग बढ्दो छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

तामाङ जातिको धार्मिक एवं सांस्कृतिक पहिचानको रुपमा स्थापित ऐतिहासिक तिमाल जात्रा बौद्धधर्म अनुसार आदिमकालमा काभ्रे तेमालरतिमालबाट बौद्धधर्मवालम्बीहरु चैत्र पूर्णिमाको दिन परिवारमा मृत्यु भएकाको सम्झनामा उनीहरुको आत्माले शान्ति पाओस् भनी बौद्धमा छ्योमि (बत्ती) बाल्ने, मृत्तकका नाममा पूजापाठ गर्ने प्रचलन छ । यही परम्परालाई पछ्याउँदै हरेक चैत्र पूर्णिमाको अवसरमा बौद्धमा बौद्ध धर्मका अनुयायीहरुले आज र भोलि मृतकको नाममा बत्ती बाल्ने गर्छन् । विभिन्न सन्दर्भ र ऐतिहासिक पाटोका आधारमा मेला तथा जात्रा लागे पनि तिमाल जात्रा ऐतिहासिक महत्व बोकेको पर्वकै रुपमा धेरैअघिदेखि मानिँदै आएको छ ।

तिमाल क्षेत्र काभ्रेपलाञ्चोक जिल्लाको झिगु खोला, सुनकोसी र रोसी खोलाको मध्यपहाडी एवं बेंसी भागमा पर्छ जसलाई तामाङहरूले आफ्नो उद्गम थलोका रूपमा स्विकार्दै आएका छन् । तामाङ जातिको वाहुल्य रहेको यस क्षेत्रमा तामाङबाहेक ब्राम्हण, क्षेत्री, नेवार, मगर, दमै, कामी, ठकुरी, सार्की, दनुवारजस्ता जातिहरूको समेत बसोबास रहेको छ। जातीय हिसाबले समेत विविधता रहेको यस क्षेत्र धार्मिक हिसाबले समेत प्रख्यात रहेको छ ।

तामाङहरूले परम्परागत रूपमा प्राचीन कालदेखि मनाउँदै आएको थुप्रै चाडपर्वमध्ये एउटा प्रमुख पर्व हो( तिमालजात्रा । चैत पूणिर्माको अघिल्लो दिन बौद्ध स्तूप र चैत पूणिर्माका दिन बालाजुको बाइसधारा स्नान गर्दै स्वयम्भू स्तूपसम्म लाग्ने यस जात्राको नाम तिमालजात्रा रहनुमा तिमाल भेगका तामाङहरूको प्राचीन कालदेखि नै जात्रामा घना सहभागिता रहनु हो । यद्यपि जात्रामा नेपालका साथै भारत, बर्मा, भुटानदेखि नै तामाङहरू स्वयम्भू र बौद्धमा आउँछन् ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

आठौँ शताब्दीतिर गुरू रिम्पोछे (पद्मसम्भव)को तपस्यास्थल र पृथ्वीनारायण शाह र तामाङ राजा रेञ्जेन दोर्जेबीचको सम्बन्ध र कालान्तरमा रेञ्जेनको हत्या प्रकरणका कारण तिमाल ऐतिहासिक भूमीको रुपमा पनि परिचित छ । यहाँका तामाङ जातिहरू बौद्ध धर्म मान्दछन् भने अन्य जातिहरू हिन्दू धर्म मान्दछन् । ऐतिहासिक एवं प्राकृतिक सुन्दरताले भरिपूर्ण शान्त ठाउँको काखमा गुरू रेम्पोर्छे (पद्मसंभव) ले तपस्या गरेको ठाउँलाई हाल गेलुङ ओडार (गेलुङ ऊ), अन्य ऐतिहासिक धार्मिक स्थलहरू, भगवानहरूले तपस्या गरेका ओडारहरू, गुफा, गुम्बा, छ्योर्तेन, ककलिङ (काङड्हीने) र नाराणस्थान मन्दिर, दुम्जाको महादेवस्थान लगायत विभिन्न मठमन्दिरहरू यहाँको प्रख्यात धार्मिक एवं ऐतिहासिक स्थलहरू हुन् ।

पर्यटकीय महत्व

लाङटाङ, मनास्लु, धौलागिरी हिमालका साथै विश्वको सर्वोच्च शिखर सगरमाथा सहित ५ वटा हिमशृंखला आँखैको अगाडि एकै ठाउँमा बसेर देख्न पाउनुले पर्यटकिय महत्व बोकेको छ ।

प्राकृतिक सौन्दर्य

यहाँवाट तिमाल दरबारका साथै कोसी र रोसी नदी देख्न पाइन्छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको तिमाल डाडाबाट फेदीमा बग्ने सुनकोसी नदीको नागबेली दृश्य देख्न सकिन्छ । समथल फाँट हुँदै २१०० मिटर उचाईसम्म रहेको तिमालमा उच्च पहाडी भेगको पहाड, पर्वत, हिमश्रृङ्खला, हरियाली जंगल, सुनकोशी नदी, रोशी खोला, वनबुट्यान र स(साना चउर र खेतबारीले जो–कोहीको मन लोभ्याउछ ।

सबैलाई आनन्दित तुल्याउने अर्को पाटो भनेको चिटिक्क मिलेका घरहरु, ग्रामीण जनजीवन र नदीसहितको पहाडी भौगोलिक दृश्य हो । अझ यो डाँडाबाट दक्षिणतर्फ देखिने महाभारत चुरे पर्वतका हरिया डाँडा, उत्तरतिर चाँदिका घेराझैँ टल्कने हिमाल र लामो दुरीसम्म देखिने फाँटले हर–कोहीको मन लोभ्याउने गर्छ । लाङटाङ, मनास्लु, धौलागिरी हिमालका साथै विश्वको सर्वोच्च शिखर सगरमाथासहित पाँचओटा हिमशृंखला आँखैको अगाडि एकै ठाउँमा बसेर देख्न पाउनु अर्को सौभाग्य पनि हो ।

पर्यटकीय सम्भावना

उत्तरमा हिमशृङ्खला र दक्षिणमा चुरे पर्वत एकै ठाउँमा बसेर दृश्यपान गर्न सकिने र फेदीबाट आउने सुनकोसीको कलकल आवाज श्रवण गर्न सकिने भएकाले अहिले तिमाललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न अभियान नै अगाडि बढाइएको छ । तिमाल डाँडामा पर्यटन स्मृति पार्कसँगै स्थानीय सँस्कृति झल्कने संङ्ग्रहालय, वनभोजस्थल, भ्यु टावरका साथै आश्रम स्थल बनाउने योजना छ ।

ट्रेकिंग एजेन्सिज एशोसियशन अफ नेपाल (टान)ले तिमाललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पर्यटकीय स्मृति पार्क बनाउने कामलाई तीव्रता दिएको छ । तिमाल डाँडाको करिब १ सय ४० रोपनी क्षेत्रफलमा स्मृति पार्क बनाउनका लागि ‘टान’ ले सन् २०११ देखि काम गरिरहेको छ । पर्वतीय पर्यटनमा ज्यान गुमाएका मजदुर र पर्यटकको सम्झनामा बनाउन लागिएको पार्कले पर्यटकीय विकासमा फड्को मार्न सक्छ ।

जैविक विविधता

तिमालको अर्को धार्मिक महत्व भनेको जैविक वनस्पति बोधिचित्त उत्पादनको उद्गम थलो हो । बोधिचित्तका कारण तिमालले विश्वको ध्यान खिच्न पनि सफल भएको छ ।

कसरी पुग्ने ?

काठमाण्डौदेखि करिब ७३ किलोमिटर पूर्व उत्तरतर्फको दूरी छिचोलेपछि तपाई काभ्रेपलाञ्चोकको तिमाल पुग्न सकिन्छ । मोबुद्धबाट कोट तिमाल पुग्न दिनभर नै हिँड्नुपर्ने हुन्छ । बाटोमा नेवार, तामाङ तथा ब्राह्मणको संस्कृति झल्किने बस्ती हेर्न पाइन्छ । भकुन्डेबेंसी पुगेर केहीबेर आराम गरी बिहानको खाना खाएर अगाडि बढ्दा उपयुक्त हुन्छ । भकुन्डेबेंसीबाट झन्डै ३ घन्टाको पदयात्रापछि कोट तिमालमा पुगिन्छ ।

यो पनि पढ्नुहोस्  

सिन्धुपाल्चोकको सुन्दर पर्यटकीय गन्तब्य हेलम्बु

सिन्धुपाल्चोकको सुन्दर पर्यटकीय गन्तब्य पाँचपोखरी

शिवको तपोभूमि र बुद्धले पाइला टेकेको पवित्र तीर्थस्थल शैलुङ

रामेछापको ऐतिहासिक पर्यटकीय गन्तव्य दोरम्बा

सिन्धुलीको ऐतिहासिक पर्यटकीय गन्तव्य सिन्धुलीगढी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !