१२ बैशाख २०८१, बुधबार

संखुवासभाको सुन्दर धार्मिक तथा पर्यटकीय स्थल सभापोखरी


सभापोखरी

पृष्ठभूमि : देउताहरूले सभा गर्ने स्थल भएकाले यसको नाम सभापोखरी रहन गएको किंवदन्ती छ । यहि पोखरीको नाममा नै गाउँपालिकाको नाम पनि सभापोखरी गाउँपालिका बनेको र यहि पोखरीको नाममा सभाखोलाको पनि नाम रहन गएको हो ।

परिचय

संखुवासभाको सभापोखरी गाउँपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीय महत्व बोकेको सभापोखरीको एक महत्वपूर्ण स्थल हो । संखुवासभा जिल्लामा पर्ने यो सभा पोखरीको लम्बाई २ सय मिटर र चौडाइ करिब एक सय मिटर छ । यो समुद्र सतहदेखि ४ हजार २ सय ४० सय मिटर उचाइमा छ । पोखरीको दर्शन गर्न वर्षमा करिब चार हजार आन्तरिक तथा बाह्य भक्तजन तथा पर्यटकहरू पुग्ने गरेका छन् । पोखरीको आसपासमा दर्शनार्थी बस्नको लागि दुई वटा पाटी बनिसकेका छन् भने एउटा पाटी निमार्णधीन अवस्थामा रहेको छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

पूर्वी नेपालको संखुवासभा जिल्लास्थित सभापोखरी धार्मिक हिसाबले अत्यन्त पवित्र स्थान हो । त्यस पोखरीमा जनै पुर्णिमाको दिन सबैभन्दा धेरै भक्तजनहरू पुग्ने गरेका छन् । यहाँ सन्तान नहुनेहरूले पूजा गरेमा सन्तान हुने विश्वासका साथ श्रद्धालुहरू पूजा गर्न पुग्ने गरेका छन् । यस पोखरी धार्मिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको छ ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

किंवदन्ती अनुसार पृथ्वीमा दैत्यहरूले गर्ने विनास रोक्न देउताहरूले सभापोखरीमा सभा बसी योजना बनाएका थिए । त्यस पोखरीको अर्को पनि किवंदन्ती रहिआएको छ । वेदव्यासले सम्पूर्ण देवी–देवताहरूलाई भेला गराएर पुराण भनेका थिए ।

प्राकृतिक सौन्दर्य

हरियाली वातावरण बहुमूल्य जडीबुटी, लोपोन्मुख वन्यजन्तु पाइने यो क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ ।

पर्यटकिय महत्व

सभापोखरी धार्मिक हिसाबले अत्यन्त पवित्र स्थान भएकोले यसले पर्यटकिय महत्व बोकेको छ ।

पर्यटकीय सम्भावना

पर्यटकीय क्षेत्रका रूपमा समेत आफ्नो पहिचान बनाएको यो पोखरीको संरक्षण र प्रचार–प्रसार गर्न सके आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई समेत भित्र्याउन सकिने अवस्था छ । पोखरीको संरक्षणको लागि गर्न सके पर्यटक भित्र्याउन सकिन्छ ।

कसरी पुग्ने ?

सभापोखरी सदरमुकाम खाँदबारीबाट ४ दिनको पैदल दूरीमा पर्छ ।

यो पनि पढ्नुहोस् 

उदयपुरको ऐतिहासिक पर्यटकीय गन्तब्य उदयपुरगढी

पूर्वाञ्चलकै मुख्य पर्यटकीय गन्तव्य भेडेटारको नमस्ते झरना

घुम्न जाने होइन झापाको धार्मिक तथा पर्यटकीय गन्तव्य अर्जुनधारा

१ दर्जन भन्दा बढी हिमालहरू देखिने भोजपुरको सुन्दर पर्यटकीय गन्तव्य ट्याम्के डाँडा

घुम्न जाने होइन मोरङको प्राचीन तथा ऐतिहासिक पर्यटकीय स्थल विराट राजाको दरवार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !