, उदयपुर जिल्लाको ऐतिहासिक पर्यटकीय गन्तब्य उदयपुरगढी

उदयपुरको ऐतिहासिक पर्यटकीय गन्तब्य उदयपुरगढी

उदयपुरगढी डाँडामा अझै पनि राजा उदय सेनको मादल गुञ्जन्छ भन्ने जनविश्वास रहेको छ

पृष्ठभूमि : नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा उदयपुर जिल्लाको पुरानो सदरमुकाम तथा ऐतिहासिक महत्व बोकेको उदयपुरगढीलाई छनोट गरेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने गरी २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यको जिम्मा उदयपुरगढीलाई पनि दिइएको छ । किम्वदन्ती अनुसार त्यसपछि राजा उदय सेन आफ्नो प्यारो वस्तु मादल लिएर गढी नजिकैको जंगलको ओडारमा लुक्न गई अलप भएका हुन । पछि तिनै उदय राजाको नामबाट उदयपुरको नाम रहन गएको बताइन्छ ।

परिचय

उदयपुरगढी गाउँपालिका-५ मा पर्ने उदयपुरगढी उदयपुरको पुरानो सदरमुकाम पनि हो । उदयपुरको नामसँग उदयपुरगढीको मातृसम्बन्ध रहेको पाइन्छ । उदयपुर जिल्लाको नामकरणदेखि सदरमुकामसम्मको इतिहास उदयपुरगढीसँग जोडिएको छ । वि.सं. २०२८ अगाडि उदयपुर जिल्लाको सदरमुकाम साविकको पञ्चावती गाविसमा पर्ने त्यही उदयपुरगढीमा थियो । २०२८ सालबाट यता सदरमुकाम गाईघाटमा सारिएको हो ।

उदयपुरगढीको इतिहास

उदयपुरगढी राजा उदयसिंह नामका सेन वंशका राजाले राज्य गरेको स्थान हो । पछि पृथ्वीनारायण शाहले आक्रमण गरेपछि उदयपुरगढी राज्य गोर्खा राज्यमा समावेश भएर अहिलेको नेपाल निर्माण भएको हो । राजा उदय सेनका बारेमा जिल्लाका विभिन्न विद्वानका विभिन्न धाराणहरू सुन्न पाइन्छ । प्रा. डा. सोमप्रसाद खतिवडाद्वारा लिखित उदयपुरगढीको इतिहास र पर्यटन नामक पुस्तकमा ई.सं. १३२४ तिर मिथिलाको तिरहुते राज्य पतन भएको हुनाले त्यसको केही समयपछि उदयपुरगढी स्थापना गरिएको हुन सक्ने देखिन्छ । यस्तै स्थानीय पूर्र्विशक्षक इच्छाराम परियारका अनुसार सन् १७६० मा उदयपुरको चौदण्डी गढीका राजा विक्रम सेनका भाई उदय सेन उदयपुर गढीमा चौदण्डीको क्षेत्रीय प्रशासक भई आएर शासन गरेपछि आफूलाई राजा घोषणा गरेका थिए ।

उदयपुरको नाम पनि उदय सेनले नै आफ्नै नामबाट राखेको र उदयपुरगढीमा दरबार बनाएर शासन शुरु गरेको अर्का पाका बुद्धिजीवी बोधकुमार घिमिरे बताउँछन् । उनका अनुसार पृथ्वीनारायण शाहका फौजले १६ जुलाई सन् १७७३ मा उदयपुरको चौदण्डी गढीमाथि आक्रमण गरेर कब्जा जमायो र त्यसको ठीक दुई दिनपछि १८ जुलाईमा उदयपुरगढी आक्रमण गरेको थियो । पृथ्वीनारायण शाहका फौजका कमाण्डर अमरसिंह थापा, स्वरुपसिंह कार्की, अभिमान सिंह बस्नेत लगायतले उदयपुरगढीमा आक्रमण गरेपछि राजा उदय सेन आफ्नो प्यारो वस्तु मादल लिएर गढी नजिकैको जङ्गलको ओदारमा लुक्न गए र सोही स्थानमा अलप भएको गढीका जानकारको भनाई छ ।

धार्मिक महत्व

प्रत्येक वर्ष दशैँ, रामनवमी लगायत अन्य तिथिमा जिल्लाका सम्पूर्ण क्षेत्रबाट ठूलो संख्यामा पञ्चावतीगढी देवीको पूजा तथा आराधना गर्न भक्तजन जाने गर्छन् । मन्दिर संरक्षणका अभावमा जीर्ण बनेर मन्दिरका सबै सामग्री चोरी भएपनि देवीप्रति अहिले पनि भक्तजनको आस्था उत्तिकै रहेका कारण दैनिक पूजाआजा र आराधना गर्न भक्तजन जाने गरेका छन् ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

उदयपुरगढी सँस्कृति र पुरातात्विक हिसाबले भरिपूर्ण छ । राजा उदयसिंह नामका सेन राज्यमाथि पृथ्वीनारायण शाहले आक्रमण गरेपछि उनी अलप मात्र भएका हुन् । अहिले पनि गढी दरबारपारिको जङ्गलको डाँडामा मध्यदिनमा र रातको समयमा उदय सेनले मादल बजाउने गरेको र मादलको आवाज आउने गरेको प्रत्यक्ष सुन्न सकिन्छ भन्ने स्थानीयको जनविश्वास रहेको छ ।

उदयपुरगढी डाँडामा अझै पनि राजा उदय सेनको मादल गुञ्जन्छ भन्ने जनविश्वास रहेजस्तै यहाँको अवस्था पनि उस्तै छ । पृथ्वीनारायण शाहदेखि यता दर्जनौं परिवर्तन भए तर यो ऐतिहासिक गढी आज पनि विगतको जस्तै छ, फेरिएन ।

पर्यटनको संभावना

उदयपुरगढी समुद्री सतहबाट करिब एक हजार ३०० मिटरको उचाइमा अवस्थित छ । उत्तरमा सेत्ताम्य हिमालहरू र दक्षिणमा समतल तराईका फाँटहरूका दृश्य अवलोकन उदयपुरगढीबाट गर्न पाइन्छ । उदयपुरगढीलाई प्रदेश १ कै पर्यटकीय केन्द्र बनाउन सकिने सम्भावना रहेको छ ।

आकर्षणहरू

उदयपुरगढीको मुख्य आकर्षण भनेको गढी मन्दिर, पञ्चावती माई मन्दिर, केउरेनी मन्दिर, चुला ढुंगा शिवपार्वती हुन् । पुरानो गढीको भग्नावशेष, टुँडिखेलको गणेशथान, संसारी माईथान, गढीकै पुरानो वरपीपलको बोट, ऐतिहासिक पोखरीको वर्षौं पुरानो इतिहास छ । यस्तै, घ्याम्पा थुम्काको सिद्धथान मन्दिर, बज्ने ढुंगा मन्दिर, हाडेटार शिवजी गुफा, केउरेनी महादेव मन्दिर हेर्नलायक रमणीय ठाउँ छन् । ब्रह्मचारीधारा, जोगीधारा, उदयपुरगढीमा संग्रहालय बनाउन सके पर्यटकलाई थप आकर्षित गर्नेछ । भारतबाट समेत देखिने र पूर्वाञ्चलको धेरै स्थानबाट देखिने गढीको डाँडामा रहेको यस मन्दिरबाट उत्तरमा सगरमाथाको रेन्जमा रहेका हिमशृङ्खला, दक्षिणमा चुरे शृङ्खलाका साथै तराईको समथर जमिन समेत देख्न सकिन्छ ।

प्राकृतिक सौन्दर्य

उदयपुरगढीको मुख्य आकर्षण भनेको गढी मन्दिर, पंचावती माई मन्दिर, केउरीनी मन्दिर, चुला ढुंगा शिवपार्वती हेर्न लायक रमणिय स्थान हो । पुरानो गढीको भग्नावशेष, टुडिखेलको गणेश थान, संसारी माईथान, गढीकै पूरानो बरपिपलको बोट, ऐतिहासिक पोखरीको वर्षौ पुरानो इतिहास रहेको छ । यस्तै घयाम्पा थुम्काको सिद्धथान मन्दिर, बज्ने ढुंगा मन्दिर, हाडेटार शिवजी गुफा, केउरेनी महादेव मन्दिर हेर्न लायक रमणिय ठाउँ रहेको छ ।

ब्रह्मचारीधारा, जोगीधारा, उदयपुरगढी संग्राहलयले प्रयटकलाई थप आकर्षित गर्नेछ । भारतबाट समेत देखिने र पूर्वाञ्चलको धेरै स्थानवाट देखिने गढीको डाँडामा रहेको यो मन्दिरवाट उत्तरमा सगरमाथाको रेन्जमा रहेका हिमशृङ्खला, दक्षिणमा चुरे शृङ्खलाको साथै तराईको समथर जमिन समेत देख्न सकिने भएकाले पनि पर्यटकिय सम्भावना प्रसस्तै रहेको छ । यहाँबाट बाराको ताप्ली पोखरी, चित्रेथाम लगायतका भू-भाग देख्न सकिन्छ ।

समस्याहरु

उदयपुरगढीमा अवस्थित पंचावती गढीमाईको पुरानो मन्दिर संरक्षण र उचित रेखदेखको अभावमा मन्दिरका महत्वपूर्ण देवीका मूर्ति लगायत ताम्रपत्र तथा धातुका वस्तु चोरी हुँदै आएका छन् । पौराणिक महत्व बोकेका सम्पदाहरु भग्नावेश अवस्थामा हुनु तथा संरक्षण गर्न नसक्दा ओझेलमा पर्दै गएको छ । गढीमा उदय सेनको कुलदेवीको रुपमा रहेको पञ्चावती देवीको मन्दिर पनि जीर्ण छ । गढी क्षेत्रमा पर्यटन विकासको लागि पनि उदय सेनको दरबार परिसरलाई पुरातात्विक विभागले संरक्षणमा खासै चासो नदिएको स्थानीय बासीको गुनासो छ ।

उदयपुरगढीमा खानेपानी, विद्युत, सडक, संचारका मुख्य समस्या छन् । सडक सुविधा नहुँदा गढीका जनताले उचित सेवा पाउन सकेका छैनन् । गढीमा खानेपानीका लागि दुई घण्टा पैदल हिँड्नुपर्छ । टेलिकमद्वारा संचालित ल्याण्डलाइन फोन, जिएसएम पोष्टपेड, प्रिपेड र स्काई मोबाइल बेलाबेला अवरुद्ध भइरहन्छन् । इन्टरनेट अवरुद्ध हुँदा बैंकिङ सेवामा समेत समस्या छ ।

पर्यटकिय सम्भावना

उदयपुरगढी एउटा पूर्वको इतिहास बोकेको स्थान भएपनि यसको विकासमा सरकारले उचित ध्यान दिन सकेको छैन । पृथ्वीनारायण शाहाले नेपाल एकीकरण गरेको कालखण्डमा र राणा शासनको अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्ने उदयपुरगढी हालसम्म ओझलमै परेको थियो । पुरानो सदरमुकाम उदयपुरगढी आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि स्थानीय महिलाले होमस्टे संचालनमा ल्याएका छन् । झन्डै ६ वर्षदेखि सञ्चालित १६ वटा होमस्टे दर्ता भएपनि १० वटा संचालनमा रहेको छ । होमस्टेमा पानी, विजुलीको समस्याले पर्यटकलाई लामो समयसम्म टिकाई राख्न नसकिएको गुनासो होमस्टे संचालकहरु बताउछन् ।

यो पनि पढ्नुहोस् 

पूर्वाञ्चलकै मुख्य पर्यटकीय गन्तव्य भेडेटारको नमस्ते झरना

घुम्न जाने होइन झापाको धार्मिक तथा पर्यटकीय गन्तव्य अर्जुनधारा

दर्शन गरौ मनका अधुरा इच्छा एवं कामनाहरू पूरा गरिदिने ताप्लेजुङको पाथीभरा देवी

१ दर्जन भन्दा बढी हिमालहरू देखिने भोजपुरको सुन्दर पर्यटकीय गन्तव्य ट्याम्के डाँडा

घुम्न जाने होइन मोरङको प्राचीन तथा ऐतिहासिक पर्यटकीय स्थल विराट राजाको दरवार