२५ बैशाख २०८३, शुक्रबार

गायक रामकृष्ण ढकालले दिए साइबर ब्युरोमा उजुरी


रामकृष्ण ढकाल

काठमाडौं । गायक रामकृष्ण ढकालले प्रहरीमा उजुरी दिएका छन् । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिले आफ्नो चरित्रहत्या गरिएको भन्दै ढकालले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् ।

आफूविरुद्ध विभिन्न सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार र मानहानी भएको भन्दै बिहीबार ढकाल आफैँ साइबर ब्युरो पुगेर उजुरी दिएका हुन् । पछिल्लो समय फेसबुकमा ढकाल विरुद्ध गालीगलौज गरिएको पोस्टहरू सार्वजनिक भइरहेका छन् ।

जापानबाट सञ्चालित एक फेसबुक पेजबाट आफू विरुद्ध निरन्तर प्रहार भएको पनि ढकालले बताएका छन् । घृणा फैलाएर आफूलाई मानसिक तनाव दिने फेसबुक आईडीहरुबारे अनुसन्धान गरेर संलग्नलाई कारबाही गर्न उनले माग गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !